|

बारा : जिल्लाको आदर्श कोटवाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन्। आइतबार साँझ यस गाउँपालिकाको अन्तिम मत परिणाम आएपछि फोरम नेपालले बारामा जितेको स्थानीय तहको संख्या चार पुगेको छ।

आदर्श कोटवाल गाउँपालिका अध्क्षमा संघीय समाजवादीका मस्फुता अन्सारी २७८२ मतका साथ विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जवाहरप्रसाद शाह कानुले २३९० मत पाए। उपाध्यक्षमा संघीय समाजवादी फोरमकै पुनम देवी २०७५ मत ल्याएर विजयी भइन्। उनका प्रतिद्वन्द्वी कांग्रेसकी मीनादेवीले २०२५ मत पाइन्। फोरम नेपालले बाराको पचरौता नगरपालिका, फेटा गाँउपालिका, सुवर्ण गाउँपालिकामा पनि जित हासिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.