|

काठमाडौं: आज विजया दशमीको दिन ११: ५५ बजे टीकाको शुभसाइत जुरेको छ। आफन्त तथा मान्यजनबाट टीका लगाउन यही समयबाट सुरु हुन्छ।

तर,  त्रिभुवन विश्‍व विद्यालयको मुल गेटबाट करिव सय मिटर अघि बढ्दा एक समुह भेटिन्छ। एक जना आमरण अनुसनमा बसेका छन्। भने करिव २५ जना जति उनको आमरण अनसन बसेको भन्दा केही वर प्‍लटी कसरे बसेका छन्। आमरण अनसन बस्ने र समर्थन गर्नेहरु त्रिवि अन्तर्गतका  क्याम्पशहरुमा प्राध्यापन पेसामा रहेका छन्। उनीहरुलाई आंशिक्षक उप प्रध्यापक भन्ने गरीन्छ।

६५ दिन रिले अनसन बसेका यी शिक्षकहरु आफ्ना माग सम्वोधन गराउनको लागि आमरण अनसनमा बस्नै परेको छ। '१५/२० वर्ष दखि प्राध्यापन गराएर पनि कम्ति ज्यालादारी नभइ मासिक पैसा देऊ भन्दा पनि हाम्रा माग सम्वोधन भएर, दसैं समेत बहिस्कार गरेर आन्दोलनमा लाग्‍नु पर्‍यो' आंशिक प्राध्यापक दोर्ण सेनले थाहाखबरसाग भने अहिले हामी केही साथिहरु छौ,तर भोलि देखिनै देशभरबाट प्रध्यापक आउनु हुन्छ।

उता चार दिनदेखि आमरण अनसनमा बसेका प्रा.डा महेश गजुरेलको स्वास्थ्य स्थिती कमजोर बनेको छ। पाँच दिने आमरण अनसनमा बस्दा पनि माग पुरा नभएर सबै आंशिक्षक प्रध्यापकहरु आमरण अनसन बस्ने बताउछन् गजुरेल।

के हो माग?

आंक्षिक प्राध्यापकहरुले आंशिकको सट्टा करार सुविधा उपलव्ध गराउनको लागि ६ महिनदेखि विभिन्न किशिमका आन्दोलन गर्दै आएका छन्।  शिक्षकहरुले लामो समयदेखि आन्दोलन जारी राखेपछि दुई महिना अगाडी त्रिभुवन विश्‍व विद्यालयले टेकनाथ ढकाल नेतृत्वको उच्चस्तरीय आयोग गठन गरी १४२० जना प्राध्यापकको दरवन्दी आबश्‍यक रहेको प्रतिवेदन पेस गरेको थियो।

 यही प्रतिवेदनको आधरामा यी प्रध्यापकलाई करार बनाएर आंशिक पर्थाको अन्त्य गर्ने उनीहरुको माग रहेको छ। यो प्रतिवेदन शिक्षा मन्त्रालय हुँदै अर्थमन्त्रालयमा पुगेको आंशिक शिक्षकहरुले बताएका छन्।

आंशिक प्राध्यापकलाई करार गर्न ६ भदौ २०६३, २१ असौज  २०६५, २१ भदौ २०६६ र ३२ जेठ २०६९मा सरकारले गरेको सम्झौताको थियो। तरअहिलेसम्म पनि त्यो सम्झौता कार्यन्वयन नभएको भन्दै त्यही माग बोकेर उनीहरु आन्दोलनमा लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.