|

वीरगञ्ज : पर्साको पकहामैनपुर गाउँपालिका- ४ लहावर थकरीका वडा सचिव सम्पर्कविहीन हुँदा  जनताको कामकाज प्रभावित भएको छ। वडा सचिव हाकिम मियाँ गदी र प्राविधिक सहायक रामबहादुर चौरसियाले वडा कार्यालयमा आउन छाडेपछि कामकाज प्रभावित भएको हो।

नवनिर्वाचित वडा अध्यक्ष ढेडिप्रसाद यादवले वडा सचिव गदीसँग आर्थिक हिसाब किताब माग्न थालेपछि उनीहरु वडा कार्यालय आउन छाडेको वडा अध्यक्ष यादवले जानकारी दिए।

आर्थिक वर्ष ०७३/७४ को बजेटमध्ये भएको खर्चको विवरण माग गर्दा वडा सचिव गदीले आलटाल गरी कार्यालय आउन छाडेको अध्यक्ष यादवले जानकारी दिए। वडा सचिव हाकिम गदी र प्राविधिक सहायक वडा कार्यालयमा नआएपछि जन्मदर्ता, विवाह दर्ता, नागरिकता सिफारिस र मालपोत कर रसिद लगायतका जनताका काम प्रभावित भएको छ।

यस सम्बन्धमा वडा अध्यक्ष ढेडीप्रसाद यादवले वडा सचिवहरु २४ घन्टाभित्र कार्यालयमा उपस्थित भई जनताको कामकाज सर्वसुलभ तरिकाले गर्न नसके हाजिरी रोका गरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिए।

अध्यक्ष यादवले आफू जनताको प्रतिनिधि भएको हुँदा कुनै पनि काम पारदर्शी, छिटो छरितो र निःशुल्क सेवा दिनमा कुनै पनि कसुर बाँकी नराख्ने दृढता व्यक्त गरे। वडाका  कुनै पनि कर्मचारी र दलका स्थानीय नेताहरुले विकास निर्माणको काममा भ्रष्टाचार गरेको पाइए तुरुन्त कारबाही प्रक्रिया अगाडि बढाउने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.