|

बैतडी : नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु बैतडीमा विवाद उत्पन्न भएको छ। बैतडी सदरमुकाममा सम्पन्न ११औं अधिवेशनमा नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले आपूm निकटकालाई अखिलको अध्यक्ष बनाएको भन्दै समानान्तर कमिटी गठन गरिएको छ।

साथै एमाले बैतडीका अध्यक्ष पालविरुद्घ नाराबाजीसमेत गरिएको छ। शुक्रबार ११औं अधिवेशनले नरेन्द्र नाथको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला कमिटी गठन गरेपछि असन्तुष्ट पक्षले शनिबार भुवन कार्कीको अध्यक्षतामा २९ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो।

यसअघि, शुक्रबार अखिल बैतडीको नयाँ नेतृत्व चयनका लागि दुई समूह देखापरेको थियो। दुई समूह देखिँदा देखिँदै चुनावमा नगएर एकलौटी ढंगले अखिलको अध्यक्ष चयन गरेको भन्दै असतुष्ट पक्षले शुक्रबार साँझ पार्टी अध्यक्ष सुरेन्द्र पालविरुद् नाराबाजी गरिएको समानान्तर कमिटीका अध्यक्ष भुवन कार्कीले बताए।

‘क्रियाशील विद्यार्थीलाई बाहिर राखेर बनाएको कमिटी हामीलाई स्वीकार्य छैन,’ समानान्तर कमिटीका अध्यक्ष भुवन कार्कीले भने, ‘दुई समूहबीच चुनाव गराउन छोडेर टिकेप्रथाबाट नेतृत्व चयन गरिएको छ।’

उता, नेकपा एमालेको सचिवालय बैठकले आपूmलाई नयाँ नेतृत्वमा चयन गरेको अध्यक्ष नरेन्द्र नाथको भनाइ छ। ‘अध्यक्षका लागि दुईजना प्रत्यासी देखिएकोमा पार्टीले मलाई नेतृत्व गर्न सिफारिस गरेको हो,’ उनले भने, ‘मेरै नेतृत्वको कमिटीमा उपाध्यक्ष बसेको मान्छेले विवाद झिकेको हो।’

 तर, समानान्तर कमिटीका अध्यक्ष भुवन कार्कीले पार्टीले आपूmलाई नसोधी उपाध्यक्षका लागि सिफारिस गरेको दाबी गरेका छन्। आफूलाई उपाध्यक्ष बनाउने निर्णय आपूmलाई थाहा नभएको उनको भनाइ छ। नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले आपूmविरुद्घ नाराबाजी तथा समानान्तर कमिटी गठन गरेको विषयमा थाहा नभएको बताए।

 अखिलको नयाँ नेतृत्व चयन गर्दा विवाद आएको बताउदै उनले  पार्टीविरुद्ध कुनै पनि क्रियाकलाप गर्नेलाई कारबाही गरिने बताए। नेकपा एमाले बैतडीको शनिबार (आजै) बैठक बस्ने र बैठकले पार्टीविरुद्घ क्रियाकलाप गर्नेलाई कारबाही गर्ने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.