सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागू पदार्थ ब्राउन सुगरसहित आइतबार चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले १० ग्राम ३९० मिली ग्राम ब्राउन सुगरसहित वीरेन्द्रनगरबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका– १ स्थित कृष्ण थापाको घरमा बसिरहेको अवस्थामा थापा, सोही ठाउँका २२ वर्षका उमेश नेपाली, चौकुने गाउँपालिका– ८ बस्ने २४ वर्षका अमर राना, चौकुने– ८ कै २२ वर्षका टेकेन बीसीलाई पक्राउ गरेको हो। उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष शाखाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।