|

बारा : चितवनको राप्ती नगरपालिका ९ का बिक्रम सुनारको घरबाट चोरिएको सुनसहित एक जना सिमरामा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सिमराले सुनचाँदीका गरगहनासहित सन्तोष सुनारलाई सिमराबाट पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीले सन्तोषलाई मंगलबार राति १२ बजे सिमरा चोकबाट सुनको तिलहरी–१ थान, झुम्का १ जोर, औठी–१ थान, मंगलसूत्र १ थान, पञ्चरत्न बाला ४ थान गरी ५५,००० र १ तोला सुनको गहना र ना २३ प ३६८२ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो।

चितवनबाट सुनचाँदीका गरगहना चोरी गरी भागेको सूचना प्राप्त भएपछि खटिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीको नेतृत्वको टोलीले सन्तोषलाई चोरीका गरगहना तथा मोटरसाइकल सहित पक्राउ गर्न सफल भएको थियो।

सुनचाँदीका गरगहनासहित पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.