|

बागलुङ : मालपोत कार्यालय बागलुङका प्रमुख विश्वनाथ शर्मा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले मालपोत अधिकृत शर्मालाई १० हजार रुपैयाँ घुस लिँदै गर्दा आफ्नै कार्यकक्षबाट लिएको रकमसहित पक्रेको हो ।

अख्तियार पोखरा कार्यालयका सूचना अधिकृत रमेश ढकालका अनुसार बिहीबार दिउँसो जग्गा राजिस्ट्रेसन पास गरिदिने क्रममा उनले १० हजार रुपैयाँ घुस लिँदै थिए। शर्माले आफ्नो जग्गा पास गरिदिन मालपोत कार्यालय पुगेका बागलुङ नगरपालिका-२ का सुजितप्रसाद आचार्यलाई घुस मागेका सुजितसँग मालपोत पुगेका रामप्रसाद घिमिरेले बताए।

आचार्य सबै प्रक्रिया पूरा गरेर मंगलबार नै कामका लागि कार्यालय गए पनि शर्माले कगजात नपुगेको भन्दै काम गर्न नसक्ने बताएका घिमिरेको भनाइ छ। मिलाएर काम गर्न भन्दै उनले घुस मागेपछि अचार्यले अख्तियार टोलीलाई खबर गरेका हुन्। पक्राउ परेका शर्मालाई अख्तियार टोलीले थप अनुसन्धानको लागि पोखरा लगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.