|

बारा : बाराको निजगढमा पुनः स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ। निजगढ–८ बकैयाटोलका ३० वर्षीय दामोदरप्रसाद घिमिरेलाई स्क्रब टाइफस रोगको संक्रमण देखिएको हो। उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। पाँच दिनसम्म लगायत ज्वरो आएको र स्थानीय मेडिकलमा रक्त परीक्षण गर्दा रोग पत्ता नलागेपछि घिमिरेलाई हेटौंडा लगिएको थियो।

मेडिकलमा परीक्षण गर्दा भाइरल ज्वरो भन्दै औषधी खाँदा निको नभएपछि मकवानपुर सहकारी अस्पतालमा रक्त परीक्षण गर्दा स्क्रब टाइफस भएको पुष्टी भएको हो। यसअघि सोही टोलकी सिम्रन दंगाललाई पनि स्कब टाइफस भई भरतपुरमा उपचारपछि घर फर्किएकी थिइन्।

माइट नामको एक प्रकारको सुक्ष्म किरा (किर्ना) ले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन्। यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ। यो रोग मुसाको कानमा बस्ने गर्छ। मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने चिकित्सकको भनाइ छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.