|
फाइल फोटो

मोरङ : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताएका छन्।

विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले लोकतान्त्रिक फोरम र कांग्रेसबीचको एकीकरणपछि सात वटै प्रदेशमा कांग्रेसमा लहर उत्पन्न भएको र पार्टी एकीकरणका क्रममा कांग्रेससँग आफूलाई उपसभापति पद दिने समझदारी भएको जिकिर गर्दै उनले फोरम लोकतान्त्रिकका कार्यकर्तालाई पनि केन्द्रदेखि वडासम्म सम्मनजनक ढंगले पद दिने सहमति भएको बताए।

उनले मधेशको माग सर्वप्रथम आफूले उठाएको तथा आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद् अवरुद्धसमेत गरिएको स्मरण गर्दै आफू सदैव मधेशको समस्या समाधान गर्न क्रियाशील रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.