|

गोरखा : बिहीबार गोरखाको विभिन्न चार ठाउँमा वाम गठबन्धनले आमसभा गरेर संयुक्त चुनावी अभियानको थालनी गर्‍यो। अभियानको थालनी गर्न र सभालाई सम्वोधन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आएका थिए। प्रचण्ड र ओलीले आमसभामा कांग्रेस र बाबुराम भट्टराईको आलोचना गरेका थिए। नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा कांग्रेसको समर्थनमा प्रतिनिधि सभा उम्मेदवार भट्टराईले पनि ओली र प्रचण्डको आलोचनाको जवाफ दिएका छन्।

गोरखा नगरपालिकाको विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रममा रहेका बाबुरामले भने ‘जनतासँगै हिँड्ने, बस्ने सुखदुःखमा सँगै हुने मान्छेलाई गाली? यसको प्रतिवाद जनताले मतदान गरेर गर्नुहुनेछ। जनताले छुट्याइसक्नुभएको छ। विकास निर्माणको काम गर्ने मलाई रोज्ने कि गाली गर्न हेलिकप्टर चार्टर आएर अरुलाई गाली मात्रै गर्ने लालबादशाहलाई रोज्ने?’

उनले आफ्नो फेसबुक मार्फत पनि प्रतिक्रिया दिएका छन्। फेसबुकमा उनले भनेका छन् ‘अरू हेलिकोप्टर चढेर बाहिरबाट गाडीमा ओसारिएका मान्छेहरूका अगाडि हामीलाई चर्को स्वरले सराप्छन्, हामीचाहिं जनताको घरदैलो गर्छौ ! वृहद राष्ट्रिय एकता, शान्ति र समृद्धिको कुरा गर्छौं! फैसला मतदाताको!’

बुधबारको आमसभामा एमाले अध्यक्ष ओलीले बाबुरामप्रति लक्षित गर्दै ‘कर्कलोलाई बञ्चरो लगाएर काट्नु पर्दैन’ भनेका थिए। भट्टराईले त्यसको जवाफ दिँदै ‘मलाई त कर्कलो भन्नुभएछ अनि बञ्चरो लाउन पर्दैन भन्नुभएछ। अनि उहाँहरु सबै मिलेर मलाई गाली गर्न हेलिकप्टरमा आउनुभएछ। भनेपछि उहाँहरू सबै मिल्दा पनि बल्ल बल्ल बञ्चरो बन्नुहुँदो रहेछ। ठुलै हतियार त होइन रहेछ नि!' 

प्रचण्डले बुधबार पालुङटारमा आयोजित बृहत चुनावी सभा कार्यक्रममा भट्टराईसँग गोरखाली जनतासँग भोट माग्ने नैतिक आधार नभएको बताएका थिए। गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभमा भट्टराईसँगै वाम गठबन्धनका तर्फबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • I

    heli ma vote mager hidne thulo neta. saram gar. kati lagx pd day .janata lai bataunu. khub garis desh ko vikash janta lai diwa sapana bater heli ma. chinta garnu pardain result le dunlop setne hoki bhuima .