|

इलाम : परम्परागत भट्टी प्रतिस्थापन हुन नसक्दा नेपालको अलँैचीले अपेक्षिकृत रुपमा विश्व बजार पाउन सकेको छैन। विश्वमा नै गुणस्तरीय उत्पादन मानिएको नेपालको अलैँची सुकाउने आधुनिक भट्टीको प्रयोग नहुँदा बजार पाउन समस्या रहेको छ। खोल्साको कालो सुन उपमा पाएको अलँैचीको बजार मूल्यमा निरन्तर गिराबट आउँदा किसान निराश छन्।

परम्परागत भट्टीमा सुकाइएको अलैँचीको दाना समान रूपले नसुक्ने, भट्टीमा सिधै धुँवामा सुकाउने भएकोले धुँवा गह्नाउने र दाना कालो रङको हुने भएकोले विश्व बजारमा नेपालको अलैँचीको मूल्य निरन्तर खस्किएको व्यवसायी बताउँछन्। अहिले दशक अघिको मूल्यमा अलैँची किनबेच भइरहेको छ। 

अलैँचीको विश्व बजार राम्रो भएकाले नेपालको अलैँचीलाई आधुनिक प्रविधिको प्रयोग गरी ग्रेडिङ गर्न सके किसानहरुको जीवनस्तर उकास्न मद्धत पुग्ने अलैँची व्यवसायी महासंघ इलामका अध्यक्ष विजय खाकी बताउँछन्।

 गुणस्तरीय अलैँची उत्पादनका लागि ग्रेडिङ गर्न सजिलो हुने आधुनिक भट्टी आए पनि किसान भने परम्परागत भट्टीकै भरपर्नुपरेको  छ।  परम्परागत भट्टीकै कारण किसानले गुणस्तरीय अलैँची उत्पादन गर्न सकेका छैनन्।

आधुनिक भट्टीमा सुकाइएको अलैँचीलाई ग्रेडिङ गर्न सजिलो भए पनि लामो समय लाग्ने र खर्चिलो हुने गरेकोले आधुनिक भट्टीप्रति किसानको आकर्षण बढ्न नसकेको माई मझुवाका अलैँची किसान याम गुरुङ बताउँछन्। गैरसरकारी संस्थाको सहयोगमा जिल्लाका केही किसानलाई वितरण गरिएको आधुनिक भट्टीले किसानको विश्वास जित्न सकेको छैन।

रोगले मासिएको अलैँचीले पुन उत्पादन दिन थालेपछि अलैँची खेती गर्ने किसानको आधुनिक खेती प्रणालीलाई अँगाल्ने मन भएर पनि कृषि विज्ञ किसानसम्म पुग्न नसकेको किसान गुरुङले बताए।

जिल्ला कृषि विकास कार्यालयले पनि यसको बजार र गुणस्तरीयताभन्दा पनि उत्पादनलाई मात्र प्राथमिकताका साथ काम गरिरहेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताए।

जिल्लामा अलैँची विकास केन्द्र स्थापना गरेर बीउ बिजनको मात्रै विकास गरी वितरण गरिएको छ। केन्द्रको बीउसमेत पहुँचवालाले मात्र पाउने गरेको किसानहरुको गुनासो छ। जिल्लामा गएको वर्ष १६ सय हेक्टर जग्गामा ५ लाख ७६ हजार मेट्रिक टन अलैँची उत्पादन भएको कृषि विकास कार्यालयको तथ्यांक छ। यसबाट ६ करोड ८२ लाख पाँच सय आम्दानी भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.