|
फाइल फोटो

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जनतालाई तर्साउने र धम्की दिने नभई मालिक बनाउने पार्टी भएको बताएका छन्। शनिबार नेपाली कांग्रेसले देउवाको गाउँ गन्यापधुरामा गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले २००७ सालमा राणा शासनलाई अन्त्य गरेर कांग्रेसले जनतालाई अधिकार दिएको दावी गरे।

देउवाले भने, हाम्रो पार्टी नेपाली कांग्रेस लोकतन्त्रवादी पार्टी हो। २००७ सालमा राणा शासनलाई हटाएर जनतालाई अधिकार दिएको पार्टी कांग्रेस हो।’ उनले कांग्रेस जनतालाई तर्साउने, धम्क्याउने र हात खुट्टा भाँच्ने पार्टी नभएको दावी गरे।

प्रधानमन्त्री देउवाले कम्युनिस्टको शासनमा बोल्ने, लेख्न केही पनि नपाइने दोहोर्‍याउँदै कांग्रेस भने सँधै लोकतन्त्रको पक्षमा रहेकाले कांग्रेसलाई नै मतदान गर्नुपर्ने बताए। देउवाले डडेल्धुरामा अझै केही विकासका काम गर्न बाँकी रहेको बताउँदै उनले ग्रामीण सडकहरुलाई पक्की बनाउने प्रतिवद्धता जनाए।

गन्यापधुरा सुन्दर ठाउँ भएको भन्दै देउवाले धार्मिक पयर्टकीय क्षेत्रका रुपमा विकास गर्न सकिने धारणा राखे। गन्यापधुरामा धेरै धार्मिक स्थलहरु भएकाले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरी विदेशी पर्यटक भित्र्याउन सकिने देउवाले योजना सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.