|
मतगणना बहिष्कार गर्नुपूर्व मतगणनास्थलमा डा. प्रकाशशरण महत।

काठमाडौं : मतगणनाका क्रममा विवाद भएपछि नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना वहिष्कार गरेको छ।

यो क्षेत्रमा वाम गठबन्धनबाट नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका डा. प्रकाशशरण महतबीच प्रतिस्पर्धा छ।

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफूहरुले मतपत्र हेर्न पाउनुपर्ने माग राख्दाखेरि नदिइएकोले बहिष्कार गर्नुपरेको बताए। 'हामीले मतपत्र हेर्न पाएनौ त्यसैले बहिष्कार गर्दैछौं', उनले भने। उनले अब निर्वाचन आयोगमा उजुरी दिने बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ मा मतदान अधिकृतका लागि तय गरेको हस्ताक्षर नमिलेको मतपत्र भेटिएपछि विवाद सुरु भएको थियो। सुरुमा ४ प्रकारको हस्ताक्षर भएको भनिएपनि मतगणनाका क्रममा ५ प्रकारको हस्ताक्षर भेटिएपछि विवाद भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.