|

काठमाडौं : २०७० सालको संविधानसभा निर्वाचनबाट पहिलो बनेको नेपाली कांग्रेसले यसवर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न सकेन। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपरिणाममा कांग्रेस तेस्रो स्थानमा छ। शनिबार साँझसम्म प्रतिनिधिसभामा एमालेले २७ स्थानमा जित हासिल गरेको छ भने ५१ स्थानमा एमालेको अग्रता छ। यस्तै, माओवादी केन्द्रले १२ स्थानमा जित हासिल गरेको छ भने २२ स्थानमा अग्रता लिएको छ। कांग्रेसले ६ स्थानमा जितेको छ भने १९ स्थानमा अग्रता लिएको छ।

केही कांग्रेसका चर्चित नेताहरुले निर्वाचनमा पराजय भोगिसकेका छन् भने केही नेता धेरै मतान्तरले पछि छन्। कांग्रेसका नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विश्वप्रकाश शर्मा, उदयशमशेर राणा, आरजु राणा देउवा लगायतका नेता मतगणनाको क्रममा पछि छन्। धेरै नेताहरु पछि पर्दै गर्दा कांग्रेसका केही नेता भने अहिले आफ्नो जित सुरक्षित गर्नेतर्फ छन्।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री डा. शशांक केइराला, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, प्रदीप गिरी, डा.नारायण खड्का, भरत शाह, तेजुलाल चौधरी, अजयकुमार चौरासीया, मोहम्मद अफताब आलम, अमरेशकुमार सिंह लगायतका नेता अहिलेसम्मको मतगणनामा अग्रता लिइरहेका छन्। को को छन् अगाडि?

१. शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डडेल्धुराबाट उम्मेदवार बनेका छन्। उनी माओवादी केन्द्रका लेखराज भट्टसँग प्रतिस्पर्धा गरिरहेका छन्। अहिलेसम्मको गणना अनुसार देउवा ६ हजार ६४ मतले अघि छन्। उनले १५ हजार ५८३ मत प्राप्त गर्दा भट्टले ‍९ हजार ५१९ मत प्राप्त गरेका छन्। 

२. डा. शसांक केइराला

नवलपरासी पूर्व १ मा नेकपा माओवादी केन्द्रका भविश्वर पराजुलीसँग प्रतिस्पर्का गरेका कोइराला प्रारम्भिक मत परिणाम अनुसार सुरक्षित देखिएका छन्। उनी पराजुली भन्दा ३ हजार ८३१ मतले अघि छन्। उनले १४ हजार ६०३ मत प्राप्त गर्दा पराजुलीले १० हजार ७७२ मत प्राप्त गरेका छन्।3

३. ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका रमेश श्रेष्ठसँग निर्वाचन लडेका अर्थमन्त्रीसमेत रहेका कार्की पछिल्लो मत परिणाम हेर्दा सुरक्षित देखिएका छन्। उनले ११ हजार ९४९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धीले ९ हजार २३० मत प्राप्त गरेका छन्।

४. प्रदीप गिरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरी सिरहा १ बाट निर्वाचनमा प्रतिस्पर्धा गरेका छन्। उनी नेकपा एमालेका गंगाप्रसाद यादवसँग निर्वाचन लडेका हुन्। गिरी पनि यस क्षेत्रमा सुरक्षित देखिएका छन्। उनले ७ हजार ५४ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी यादवले ५ हजार ६३८ मत प्राप्त गरे।

५. डा. नारायण खड्का

नेपाली कांग्रेसका नेता तथा पूर्व सहरी विकासमन्त्री समेत रहेका खड्का उदयपुर १ बाट उम्मेदवार छन्। उनी एमालेकी उम्मेदवार पूर्व सहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरीसँग निर्वाचन लडेका छन्। पछिल्लो मत परिणाम अनुसार खड्काको मत ८ हजार ३५३ छ भने चौधरीको ८ हजार २२४ मत छ।

६. भरतकुमार शाह

नेपाली कांग्रेसका नेता शाह रुपन्देही ५ बाट निर्वाचनमा उठेका छन्। उनी संघीय समाजवानदी फोरम नेपालका मुहमत वकिल मुसलमान निर्वाचन लडेका छन्। पछिल्लो मत परिणाम अनुसार शाहको मत २० हजार ११४ छ भने मुसालले ११ हजार ११४ मत छ।

७. तेजुलाल चौधरी

नेपालकी काग्रेसका नेता तथा खेलकुद राज्यमन्त्री चौधरी पछिल्लो मत परिणाम हेर्दा सुरक्षित देखिन्छन्। उनी सप्तरी ४ बाट निर्वाचन लडेका छन्। उनले ५ हजार ९३८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले ३ हजार ९१४ मत पाएका छन्।

८. मोहम्मत अफताब आलम

पूर्व श्रम मन्त्रीसमेत रहेका कांग्रस नेता आलम रौतहट २ बाट निर्वाचनमा प्रतिस्पर्धामा छन्। उनी यसअघि २०५६ मा पनि रौतहटबाटै निर्वाचित भएका थए। यसपटक उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका किरण साह छन्। उनको अहिलेसम्म १३ हजार ५४८ मत ल्याएका छन् भने फोरमका साहले १ हजार ७०८ मत पाएका छन्। यस क्षेत्रमा उनको जित निश्चित देखिन्छ।

९. अजय चौरासिया

कांग्रसका केन्द्रीय सदस्य चौरासिया पर्सा २ मा अहिले ४८५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका बिमल श्रीवास्तावले ४०८१  मत प्रप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.