|

बाँके : संघीय प्रहरी एकाइ कार्यालय नेपालगञ्जको टोलीले १४ किलो चरेससहित ४ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा बाँकेको बैजनाथ गाउँपालिका-१, चिसापानीबाट १४ किलो चरेससहित ४ जनालाई प्रहरीले शुक्रबार राति करिब ११ बजे पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कुसे गाउँपालिका-८, पजारु, जाजरकोटका २७ वर्षीय अर्जुन बस्नेत, सोही ठाउँका ३० वर्षीय रामबहादुर खत्री, २२ वर्षीय प्रेमबहादुर खत्री र सोही ठाउँकै ४३ वर्षीय प्रेमबहादुर खत्री रहेको संघीय प्रहरी एकाइ कार्यालय नेपालगञ्जले जनाएको छ। पक्राउ परेकालाई शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ।

संघीय प्रहरी एकाइ कार्यालयका डिएसपी नान्ति राज गुरुङले १४ किलो लागुऔषध चरेससहित ४ जनालाई पक्राउ गरेको बताए। पक्राउ परेकालाई थप अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाइने डिएसपी गुरुङले बताए।

आफूहरु लागुऔषध काराबारी नभई भरिया भएको पक्राउ परेका अर्जुन बस्नेतले बताए। उनले पाँच हजार रुपैयाँको लोभमा ठूलो झमेलामा परेको बताए। पाँच हजार रुपैयाँ पाउने आशामा अन्यत्र ठाउँमा पुर्‍याउने क्रममा आफूहरु पक्राउ परेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.