|

काठमाडौं : चेक क्लियरिङका क्रममा चार करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीले कृषि विकास बैंकका शाखा प्रबन्धकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले  बैंकको न्युरोड शाखाका कामु मुख्य शाखा प्रबन्धक रामेछाप नगरपालिका ८ का  प्रेमहरि ढुंगेल,  बैंककै कर्मचारी गोरखा पालुङटारका गोपाल गिरी र गोरखा बक्राङका महेश्वर मरहट्टालाई पक्राउ गरेको हो।

उनीहरुमाथि बैंकको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ देखाएर बैंकको रकम अरुकै खातामा स्थानान्तरण गर्ने आरोप लागेको छ।  यसरी बैंकको करिब  चार करोड एकानव्बे लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ परेकी दिपीका रेग्मीको बयानका आधारमा बैंकका तीन जना कर्मचारी पक्राउ परेका हुन्। उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले आइतबार काठमाडौंको न्युरोडबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार बैंकका तीन कर्मचारीले विभिन्न ब्याक्ति वा संस्थाले बिभिन्न बैंकको चेक मार्फत कृषि बिकास बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रोनिक चेक क्लियरेन्समार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गरेपछि सोही चेकलाई प्रयोग गरी पुन: कोर बैंकिङ सिष्टमबाट उक्त रकम दिपीका रेग्मी तथा आफन्तको नाममा जम्मा गरेको पाइएको सिआईबीका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.