कुन पार्टीको कति मत आयो

|

काठमाडौं : प्रतिनिधिसभा तर्फ प्रदेश ६ र ७ का मतगणना सकिएका जिल्लाहरुमा निर्वाचन आयोगले समानुपातिक निर्वाचन पद्धतितर्फको मत गणना सुरू गरेको छ। प्रत्यक्षतर्फ ६ नम्बर प्रदेशको एक स्थानमा पनि प्रतिनिधसभामा कांग्रेस उम्मेदवार विजयी भएका छैनन्। सात नम्बर प्रदेशमा पनि अहिलेसम्म १ स्थानमा मात्रै विजयी भएका छन्।

त्यसो त वाम गठबन्धनका साझा उम्मेदवार भएको कारण पनि कांग्रेस उम्मेदवारलाई जित हासिल गर्न समस्या परेको देखिन्छ। प्रत्यक्ष तर्फ पराजय व्योहोरेर पनि केही जिल्लामा कांग्रेसको समानुपातिकतर्फको मतमा भने कांग्रेस अगाडि देखिएको छ। 

सोमबार साझ सवा ५ बजेसम्म निर्वाचन गणना भएको मत अनुसार यी कांग्रेसले प्रत्यक्षमा हारेका यी पाँच जिल्लामा कांग्रेसको अग्रता रहेको छ।

अहिलेसम्म धेरै भोट ल्याउने तीन पार्टी क्रमश:

हुम्ला

  • नेपाली कांग्रेस- ७ हजार ९३२
  • माओवादी केन्द्र- ५ हजार ४८६
  • नयाँ शक्ति–५ ८६

मुगु

  • नेपाली कांग्रेस– ६ हजार ७५२
  • एमाले–६ हजार ५९२
  • माओवादी केन्द्र– ५ हजार ७२०

दार्चुला

  • कांग्रेस –२१ हजार ४८६
  • एमाले– २० हजार ६०२
  • माओवादी केन्द्र– ६ हजार ९८५

बझाङ

  • कांग्रेस–२४ हजार ७५५
  • एमाले –२४ हजार ४८७
  • माओवादी केन्द्र–८ हजार ६५२

जाजरकोट

  • कांग्रेस–६ हजार ७०८
  • माओवादी केन्द्र– ६ हजार २९०
  • एमाले– ४ हजार २९०

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.