|

  • अर्जुन सुवेदी-

सुनसरी : सुनसरी ३ मा सोमबार बिहान देखी अवरुद्ध भएको मतगणना पुनः सुचारु भएको छ। अर्धकट्टीसहित भेटिएका ९ वटा मतपत्रका बारेमा पछि निर्णय गर्ने र गन्न बाँकी मत गणना गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मत गणना सुरु भएको हो।

धाँधली भएको भन्दै गणनास्थल छाडेर हिनेका एमालेका प्रतिनिधि पनि पुनः गणनामा सहभागी भएका छन्। मतगणनास्थल जिल्ला समन्वय समिति परिसरमा सुरक्षा व्यवस्था कडा छ।

मतपेटिकामा अर्धकट्टी सहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट भेटिएपछि त्यहाँ विवाद भएको थियो। विवाद भएपछि मतगणना अनिश्चित कालको लागि स्थगित भएको थियो।

सुनसरी क्षेत्र नम्बर ३ मा जारी मतगणनामा वाम गठबन्धनका उम्मेदवार भगवती चौधरी १ सय ५५ मतले अगाडि रहेकी छन्। त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले २९ हजार १ सय सय ७१ मत ल्याएका छन् भने चौधरीको २९ हजार ३ सय २६ मत रहेको छ। अझै २० हजार मत गन्न बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.