|

भारतीय प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसको अध्यक्षमा राहुल गान्धी निर्विरोध निर्वाचित भएका छन्।

पार्टी अध्यक्ष पदका लागि एक्लो उम्मेदवार बनेका राहुल गान्धीलाई पार्टीले निर्विरोध अध्यक्ष बनाएको हो। उनलाई कांग्रेसका कुनै पनि नेताले चुनौती दिएका थिएनन्।

४७ वर्षीय राहुललाई पार्टी अध्यक्षका रुपमा घोषणा गर्दै कांग्रेस नेता मुल्लापल्ली रामचन्द्रनले भने, 'पार्टी अध्यक्षका लागि केवल एक जना मात्रै उम्मेदवार मैदानमा छन्। यसकारण म भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षका लागि राहुल गान्धीलाई निर्वाचित भएको घोषणा गर्दछु।'

पुर्वानुमान अनुसार नै राहुल कांग्रेसको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। राहुलको अध्यक्ष पदमा निर्विरोधलाई कांग्रेसले ऐतिहासिक घटना भनेको छ।

झण्डै दुई दशक देखि पार्टीको नेतृत्व गर्दै आएकी ७१ बर्षीया सोनीया गान्धीले राहुललाई अध्यक्षको पद हस्तान्तरण गरेकी छिन्। सोनियाले १९ वर्ष कांग्रेसको नेतृत्व सम्हालेकी थिइन्।

राहुल सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएका थिए। उनले शनिबार नयाँदिल्लीमा विषेश समारोहकाबीच पदीय जिम्मेवारी सम्हाल्ने कार्यक्रम रहेको छ।

भारतीय कांग्रेसका कार्यकर्ताहरुले राहुल पार्टी अध्यक्षमा निर्वाचित भएपछि उनको समर्थनमा नाराबाजी गरेका थिए।

राहुलका बुबा राजीव गान्धी, उनका बुबा फिरोज गान्धी र फिरोजका बुबा जवाहरलाल नेहरु भारतको प्रधानमन्त्री भइसकेका छन्।

यो पनि पढ्नुहोस्: कांग्रेसमा आमा सोनियाका निर्विकल्प उत्तराधिकारी बने राहुल

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.