|

काठमाडौं : प्रतिनिधिसभामा समानुपातिक निर्वाचनतर्फ पाँच दलको मात्र तीन प्रतिशत मत कटाउने संकेत देखिएको छ। बुधबार साँझ साढे ५ बजेसम्म  ६४ लाख ७४ हजार ७७६ मत अर्थात् करिव ६० प्रतिशत मतगणना हुँदा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ८१.६१ प्रतिशत मत ल्याएका छन्।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी तीन प्रतिशतभन्दा माथि पुगेर प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्व कामय गर्ने पक्कापक्की जस्तै छ। यसबाहेक राप्रपा र विवेकशील साझा पार्टी तीन प्रतिशतको कसरतमा रहे पनि त्यो पुग्न कठिन बन्दैगएको छ।

समानुपातिकतर्फको प्रतिनिधित्वका लागि प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेशसभामा डेढ प्रतिशत मत अनिवार्य छ।

हेर्नुहोस् कसको मत कति?

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.