|

  • पार्थ मण्डल-

झापा (भद्रपुर) : झापामा सवारी दुर्घटनामा एकै दिनमा चार जनाको मृत्यु भएको छ, पाँच जना घाइते भएका छन्। झापाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका, दमक नगरपालिका र बाह्दशी गाँउपालिकामा शुक्रबार छुट्टाछुट्टै सवारी दुर्घटना भएको प्रहरी कार्यालय झापाले जनाएको छ।

झापाका ट्राफिक प्रहरीले दुर्घटना नियन्त्रणका लागि विभिन्न स्थानमा सडक चेतनामूलक कार्यक्रम गरे पनि जिल्लामा सवारी दुर्घटना नियन्त्रण हुन सकेको छैन।

प्रहरीका अनुसार बाह्दशी गाउँपालिका ३ स्थित चकचकी बजारमा शुक्रबार राती मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परी सोही गाँउपालिका निवासी १७ वर्षीय सोनु गणेशको मृत्यु भएको छ।

दुर्घटना परी गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। चकचकी बजारबाट घरतर्फ जाँदै गरेको मे४प४३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको थियो।

कमल गाउँपालिका ५ स्थित रतुवा पुलमा मोटरसाइकल र यात्रुबाहक बस ठोक्किँदा मोटरसाइकल चालक सोही गाउँपालिका १ सरङपाडा निवासी २९ वर्षीय दिनेश पोख्रेलको मृत्यु भएको छ। उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय सन्तोष दाहाल घाइते भएका छन्।

उनको दमक अस्पतालमा उपचार भइरहेको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ३३११ नम्बरको यात्रुवाहक बसले सोही दिशाबाट आउँदै गरेको मे७प ३८८३ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने खोज्दा दुर्घटना भएको थियो।

त्यस्तै, शिबसताक्षी नगरपालिका ८ स्थित झिलझिलेमा मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका निवासी ६० बर्षीय बालकृष्ण प्रधानको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत पश्चिमतर्फ जाँदै गरेको मे९प २६२९ नम्बरको मोटरसाइकलले प्रधानलाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते प्रधानको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसत्ताक्षी १० स्थित भालुखोलामा मारुती भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार चालकको मृत्यु भएको छ, भने भ्यान सवार ४ जना घाइते भएका छन्।

बा१०च ९७१८ नम्बरको मारुती भ्यानले मे६प २३३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवसत्ताक्षी ९ निवासी २२ वर्षीय सनम कन्दङ्वाको मृत्यु भएको छ। घाइते कन्दङ्वाको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा परी भ्यानमा सवार झापा अर्जुनधारा नगरपालिका ९ निवासी ३६ वर्षीया गीता कार्की, बिर्तामोड ५ निवासी ३१ वर्षीय राजु दाहाल, सोही ठाउँ बस्ने २८ वर्षीया अन्जना दाहाल र ८ वर्षीय बालक अनुराग दाहाल घाइते भएका छन्। यता, दुर्घटनामा परेका सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.