|

बर्दिया : २१ मंसिरमा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा बर्दियाबाट ५५ जना उम्मेदवारमध्ये ४३ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ।

 लोकतान्त्रिक गठबन्धन(नेपाली कांग्रेस)का प्रतिनिधिसभा सदस्य उम्मेदवार २ र प्रदेशसभा सदस्य उम्मेदवार ४ जना, वाम गठबन्धन (नेकपा एमाले)का प्रतिनिधिसभा सदस्य उम्मेदवार १ र प्रदेशसभा सदस्य उम्मेदवार २ जना

तथा वाम गठबन्धन (नेकपा माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्य उम्मेदवार १ जना र प्रदेशसभा सदस्य उम्मेदवार २ जना गरी जम्मा १२ जना उम्मेदवारबाहेक बाँकी ४३ जना उम्मेदवारको धरौटी रकम जफत भएको हो।

निर्वाचनमा भाग लिनको लागि निर्वाचन आयोगले उम्मेदवार बन्न चाहने व्यक्तिले पार्टीबाट अथवा स्वतन्त्र रुपमा मनोनयन पत्र दर्ता गराउन प्रतिनिधिसभा सदस्य उम्मेदवारले प्रतिव्यक्ति १० हजार र प्रदेशसभा सदस्य उम्मेदवारले प्रतिव्यक्ति ५ हजारको दरले धरौटी रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ।

३ लाख रकम सरकारको कोषमा

निर्वाचनमा मनोनयन पत्र दर्ता गराई निर्वाचनमा भाग लिएका उम्मेदवारको  निर्वाचन क्षेत्रमा खसेको सदर मतमध्ये १० प्रतिशत मत प्राप्त भए धरौटी रकम फिर्ता हुने र १० प्रतिशत नपुगे जफत हुने प्रावधान रहेको छ। बर्दियामा १७ जना प्रतिनिधि सभा सदस्य र २६ जना प्रदेशसभा सदस्यका उम्मेदवारको धरौटी रकम जफत भएको रकम ३ लाख रकम नेपाल सरकारको कोषमा जम्मा भएको हो।

बर्दियामा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट १२ जनाले पार्टीबाट र १ जना स्वतन्त्रबाट गरी १३ जनाले र निर्वाचन क्षेत्र नम्बर २ बाट ८ जनाले पार्टीबाट गरी जम्ममा २१ जनाले उम्मेदवारी मनोनयन पत्र दर्ता गराई निर्वाचनमा भाग लिएका थिए।

यसैगरी, प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १(१)बाट ९ जनाले पार्टीबाट र २ जनाले स्वतन्त्रबाट गरी ११ जना निर्वाचन क्षेत्र नम्बर १(२) बाट ९ जनाले पार्टीबाट, निर्वाचन क्षेत्र नम्बर २(१)बाट ८ जना र क्षेत्र नम्बर २(२)बाट ६ जना पार्टीबाट गरी जम्ममा ३४ जनाले उम्मेदवारी मनोनयन पत्र दर्ता गराई निर्वाचनमा भाग लिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.