|

काठमाडौं : आज हरितालिका तीज, हिन्दु नारीहरूको प्रमुख पर्व। देशभर तीज मनाइरहँदा वर्षाले महिलाहरूलाई समस्यामा पारेको छ। तीजको दिनमा आफ्नो घर-नजिक या प्रमुख मानिने मन्दिरहरूमा पुगेर पूजाआजा गर्नका लागि वर्षाका कारण कठिन भएको छ। तर, महिलाहरू पानी परिरहेको अवस्थामा पनि तीजमा भगवान शिवको दर्शन गर्नका लागि भिजेरै भएपनि विभिन्न शिवालयहरूमा पुगेका छन्। 

पानीमै भिजेर भएपनि पशुपतिको दर्शन गर्न हजारौ महिलाहरू बिहानै पशुपति पुगेका छन्। एक हातमा पूजाको थाली र अर्को हातमा छाता लिएर मन्दिर पुगेकाहरू लामबद्ध भएर आफ्नो पालो कुरिरहेका देखिन्थे। केही भिज्दै पनि लाइनमा उभिरहेका थिए। एउटाको छाताबाट अर्कोको छातामा हुँदै पानी लाइनको बीचमा नै खसेका कारण छाता ओढेका महिलाहरू पनि भिजेका देखिन्थे।

हेर्नुहोस् केही फोटोहरु:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.