|

एजेन्सी : बिहीबार पूर्व भारतीय क्रिकेटर राहुल द्रविड आफ्नो ४५ औं जन्मदिनको खुसीयाली मनाइरहेका थिए । यही मौकामा मोडल तथा बलिउड अभिनेत्री पुनम पाण्डेले विशेष रुपमा राहुललाई जन्मदिनको शुभकामना दिइन् ।

उनले राहुललाई सामाजिक सञ्जालमा जन्मदिनको बधाई दिदैं आफ्नो फोटो पोस्ट गरिन् । पुनमले पोस्ट गरेका तस्विरहरु अर्धनग्‍न छन् । उनले आफ्ना हातले स्तन छोप्ने प्रयास गरेपनि ब्रा लगाएकी छैनन् । पुनमका टपलेस फोटोहरु अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।

पुनम पाण्डे आफ्नो बोल्डनेशका कारण चर्चामा रहन्छिन् । उनी प्राय सामाजिक सञ्जालमा हट फोटोहरु पोस्ट गर्छिन् ।

उनले बेला बेलामा अनौठा घोषणा समेत गर्ने गरेकी छिन् । उनले सन् २०११ मा भारतले विश्व कप जितेमा रंगशालामै नग्‍न हुने घोषणा गरेकी थिइन् । उपाधि भारतले जित्यो तर पुनमले वाचा पूरा गरिनन् । यस घटनालाई अपवाद मान्ने हो भने उनी अन्य समयमा आफ्ना फ्यानहरुलाई निराश पार्दिनन् । सामाजिक सञ्जालमा उनका थुप्रै फलोअर्स छन् । उनी ती समर्थकहरुका लागि समय-समयमा आफ्ना हट तस्विर अपलोड गर्छिन् । केही दिनअघि मात्रै उनले आफ्नो टपलेस फो अपलोड गरेकी  छिन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.