|

जुम्ला : धावक बैकुण्ठ मानन्धरले राज्यले अहिलेसम्म पनि खेल क्षेत्रलाई वेवास्ता गरिरहेको आरोप लगाएका छन्। ‘जेआर केबीएस हेरिटेज ट्रेल रेस २०१८’ उद्घाटन गर्न जुम्ला आइपुगेका उनले राज्यले वेवास्ता गरे पनि आफ्नो लगावका कारण यो क्षेत्रमा टिक्न सफल भएको बताए। 

जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको स्वागत कार्यक्रममा उनले भने, ‘जुत्ता लगाउन र राम्रोसँग खान नपाए पनि  पनि राष्ट्रको इज्जत राख्नका लागि निरन्तर खेलमा लागेँ।' सन् १९८७ मा भारतको कोलकातामा सम्पन्न साग खेलमा ४२ किलोमिटर दौडमा राखेको रेकर्ड आजसम्म कसैले तोड्न नसकेको उनले बताए।

'जुम्ला खेलाडी जन्माउने थलो हो। यहाँका खेलाडी भनेपछि बाहिरका डराउँछन्', उनले भने, 'यहाँका खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम चिनाएका छन्। 

कर्णाली खेलकुद क्लबको अायोजनामा 'संस्कृति संरक्षणका लागि हाम्रो पहिलो पाइला' नारा दिएर माघ १ गते १२ किलोमिटर जेआर केबीएस हेरिटेज ट्रेल रेस २०१८ हुन लागेको हो।  कार्यक्रममा धावक हरिबहादुर रोकायालगायत सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.