|

भद्रपुर, (झापा): पूर्वी नेपालको ताप्लेजुङ्देखि झापा हुँदै सुनसरीसम्मको सीमा पिलर भित्र पर्ने दशगजा अतिक्रम रोकथामका लागि नेपाल–भारत दुवै देशका सुरक्षा निकाय सहमत भएका छन्। भारतको बिहार राज्यस्थित किशनगंज जिल्लाको डीआरडीए सभाघर रचना भवनमा शुक्रबार आयोजित प्रदेश नम्बर १ स्तरीय नेपाल–भारत बोर्डरको प्रशासन तथा प्रहरी प्रमुखसँग भएको सीमासम्बन्धी बैठक राखिएको हो। बैठकमा दुवै देशका सुरक्षा निकाय सीमा अतिक्रम रोक्न सहमत भएका हुन्।

दशगजा भित्रको जमिन अतिक्रमण भए भारतसँगको सहकार्यमा त्यसको स्थलगत सर्वे गरी अतिक्रमण हटाइने सहमति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णुकुमार केसीले जानकारी दिए।

सीमासम्बन्धी कुनै मुद्धा बल्झिए दुवै देशका प्रशासनिक तथा प्रहरी प्रमुखले त्यस बारेमा छलफल गरेर मुद्धा टुंगो लगाउने

‘दुवै देशको सीमांकन पिलर हराएको वा भत्किएको भए, त्यसको पनि सर्वे गरिनेछ' प्रहरी उपरीक्ष केसीले भने, ‘अनि त्यस ठाँउमा नयाँ पिलर राखिने बारेमा लिखित सहमति भयो।’

सीमासम्बन्धी कुनै मुद्धा बल्झिए दुवै देशका प्रशासनिक तथा प्रहरी प्रमुखले त्यस बारेमा छलफल गरेर मुद्धा टुंगो लगाउने सहमति भएको छ। बिहार सुपौल डिएम बैद्यनाथ यादवको अध्यक्षता भएको बैठकमा नेपालको तर्फबाट झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी जिल्लाका प्रशासन तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखको सहभागिता जनाएका थिए। भारतको तर्फबाट सुपौल, दार्जिलिङ, सिक्किम, किशनगंजका प्रशासन, एसएसबी, भारतीय प्रहरी प्रमुखको सहभागिता थियो।

एक घण्टासम्म चलेको बैठकमा बिशेष गरी तीन विषयमा छलफल गरिएको छ। केसीका अनुसार मेची नदीमा आएको बाढीले भत्काएको वा बगाएको पिलरहरू हराएकोले त्यस स्थानमा नयाँ पिलर राखिने, नदीमा देखिने डाँलफिनको संरक्षणमा ध्यान दिइने र विराटनगर– जोगवनी जोड्ने दशगजा क्षेत्रमा सीमा चिन्ह खडा गरी अतिक्रमण मुक्त पारिने माथि छलफल भएको थियो।

पूर्वको सीमा क्षेत्रमा ७०० पिलर निर्माण

पूर्व क्षेत्रको ताप्लेजुङदेखि सुनसरी सम्मको नेपाल–भारत सीमानामा १ हजार १७३ पिलर निर्माण गर्नुपर्ने छ। त्यसमध्ये ७ सय पिलर निर्माण भइसकेको ४ सय ७३ पिलर निर्माण हुन बाँकी छ। सर्वे अफ नेपाल भारतका पदाधिकारीका अनुसार सीमा क्षेत्रमा साना, मझौला र ठूला गरी १ हजार १७३ पिलर निर्माण गर्नुपर्ने छ।

बाढीले बगाएको पिलरको हकमा अहिले दुवै देशका सर्वे टोलीले मेसीन मार्फत सर्वे सुरू गरिसकेको छ। सर्वे पश्‍चात चिन्ह लगाएर नयाँ पिलर राखिने छ। झापा र मोरङसँग जोडिएको किशनगंज सीमा क्षेत्रमा मात्र १ सय ९१ वटा पिल्लर निर्माण हुन बाँकी देखिन्छ। त्यस्तै नेपाल–भारतको सीमा बैठकमा मेची नदीमा देखिने डाँलफिनको संरक्षण गर्दै  पिलर निर्माण गर्नु पर्ने दुई पक्षिय अधिकारीहरूले सहमति जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.