|

धनकुटा : प्रदेश नम्बर १ को अस्थायी राजधानी तोक्ने क्रममा कांग्रेस नेतृत्वको सरकारले धनकुटालाई अन्याय हुने निर्णय गरेको भन्दै नेपाली कांग्रेस जिल्ला समितिले असन्तुष्टी जनाउँदै संयुक्त रुपमा राजीनामा दिएको छ।

शनिबार एक प्रेस वक्तव्य जारी गर्दै कांग्रेस जिल्ला समिति धनकुटाले राजीनामा दिएको हो।

कांग्रेस धनकुटाका जिल्ला सभापति अग्नीप्रसाद पौडेलले राजीनामा केन्द्रमा पठाएको बताए। उनले भने, 'धनकुटालाई अन्याय हुनेगरी कांग्रेस नेतृत्वको सरकारले निर्णय गरेकाले सबैले राजिनामा दिनुपरेको हो।'

राजीनामा घोषणा गरेपछि जिल्ला पार्टी कार्यालयको झन्डाको ठाउँमा कालो झन्डा राखेर कार्यालय बन्द गरेका छन्। उनीहरुले प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनु उपयुक्त रहेको दावी गरेका छन्।

राजीनामा दिनेमा नेपाली कांग्रेस धनकुटाको जिल्ला कार्यसमिति, गाउँ तथा नगर समिति, भातृ संस्थाका पदाधिकारी र सक्रिय सदस्यले साधारण सदस्यसमेत नरहनेगरी सामुहिक राजिनामाको घोषणा गरेका हुन्।

प्रदेश नम्बर १ को अस्थायी राजधानी तोक्ने क्रममा पार्टी नेतृत्वको सरकारले अदूरदर्शी निर्णय गरेको राजिनामा पत्रमा उल्लेख छ। राजिनामा पत्रमा लेखिएको छ, 'नेपाली कांग्रेस नेतृत्वमा रहेको सरकारले गरेको यो अदुरदर्शि एवम् अन्यायपूर्ण निर्णयप्रति नेपाली कांग्रेस धनकुटा गम्भीर रुपमा असहमति र खेद व्यक्त गर्दछ। धनकुटेली जनताहरूको जारी आन्दोलनलाई थप सशक्त र सफल बनाउन जनभावनाको उच्च कदर र समर्थन गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारीहरु, गाउँ तथा नगर समितिका पदाधिकारीहरु, भातृ संस्थाका पदाधिकारीहरुले आजैका मितिदेखि आआफ्नो पदबाट संयुक्त राजीनामा दिएको उद्घोष गर्दछौं।'

पढ्नुस् पूरा राजिनामापत्र:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.