|

सुर्खेत : प्रदेश नंबर ६ का प्रदेश सदस्यहरुले आइतबार शपथ ग्रहण गरेका छन्। ६ नंबर प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले सुरुमा प्रदेश सभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेस दैलेखबाट समानुपातिकबाट निर्वाचित भएका हिमबहादुर शाहीलाई शपथ गराएका हुन्। त्यसपछि शाहीले प्रदेशका अन्य सांसदहरुलाई पद तथा गोपनियताको शपथ गराए।

अस्थायी राजधानी तोकिएको सुर्खेतमा ६ नम्बर प्रदेशका १० जिल्लाबाट प्रदेश सभामा निर्वाचित ४० जना सदस्यहरुले आईतबार सपथ ग्रहण गरेका हुन्। प्रदेश नम्बर ६ मा ४० जना सांसद रहेका छन्।

प्रदेश नंबर ६ मा प्रदेश सभामा निर्वाचित अनुहार अधिकांश अनुहार नयाँ छन्। तर, पनि हेभिवेट भनिएका नेता मुख्य मन्त्रीको आसमा प्रदेश सभामा उम्मेद्वार बनेका यहाँ सल्यानका प्रकाश ज्वाला, हुम्लाका जीवनबहादुर शाही शपथग्रहणमा अग्र पंक्तिमा देखिएका छन्।

६ नम्बर प्रदेशबाट पूर्वमन्त्री सुर्खेतका यामलाल कँडेल, पूर्वमन्त्री कालिकोटका महेन्द्रबहादुर शाहीले पनि शपथ ग्रहण गरेका छन्। यता, आइतबार शपथग्रहण गरेका प्रदेश नंबर ६ का सांसदहरुको पहिलो बैठक २० दिनपछि मात्रै बस्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.