|

सुनसरी : इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमोरियल गोल्डकपमा सोमबार नेपाली सेनाको त्रिभुवन आर्मी र भुटानको डुक एफ्सी क्लबबीच प्रतिस्पर्धा हुँदै छ।

राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत आजको खेल दिउँसो साढे २ बजे स्थानीय क्षेत्रीय रंगशालामा सुरु हुनेछ। आजको विजेताले बुधबार थ्री स्टार क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। थ्री स्टारले उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै सेमिफाइनलको स्थान सुरक्षित गरिसकेको छ।

यअअघि, हिजो आइतबार भएको खेलमा झापा ११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलमा पुगिसकेको छ। माघ १३ गते सम्म हुने गोल्डकपमा दुई विदेशीसहित ८ टिमले सहभागिता जनाएका छन्।

विजेताले नगद १२ लाखसहित अढाई तोला सुन र ८० तोला चाँदी जडित सिल्ड र उपविजेताले ६ लाख नगद र ट्रफी पाउने आयोजकले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.