|

दमक(झापा) : ठूलो परिमाणमा लागुऔषधसहित एक महिला दमकबाट पक्राउ परेकी छिन् । विभिन्न लागुऔषधसहित घरैबाट पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय दमकले लागुऔषध सहित सोमबार सार्वजनिक गरेको हो। 

माघ ६ गते दमकको वडा नं १ स्थित पानी ट्याङ्कीबाट समातिएकी सोही ठाउँकी ३९ वर्षीया मञ्जु धिमाललाई इलाका प्रहरी कार्यालय दमकले सार्वजनिक गरेको हो । प्रहरीले धिमालको साथबाट १२ एम्पुल र घरमा लुकाई राखेको ३३६ एम्पुल फेनारगन, डाइजिपाम र लुपिजेसिक लागूऔषध  बरामद गरी सार्वजनिक गरेको हो। महिला सेवनकर्ता नभई व्यवसायी रहेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले दाबी गरे।

उनले लामो समयदेखि भारतीय नाका हुँदै प्रतिबन्धित लागूऔषध भित्र्याउने र घरबाटै यसका प्रयोगकर्ताहरुलाई बिक्री वितरण गर्ने गरेको पाइएको गिरीले बताए । धिमालविरुद्ध प्रहरीले लागूऔषध ओसारपसार तथा बिक्री वितरणसम्बन्धी मुद्दामा अदालतबाट म्याद थपको आदेश लिई थप अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.