|

धनकुटा : सदरमुकाम धनकुटा बजारमा सोमबार दिउँसो ३ बजेबाट हटाइएको निषेधाज्ञा पुनः लगाइएको छ। स्थानीय प्रशासनले १६ घण्टाका लागि हटाएको निषेधााज्ञ मंगलबार बिहान ७ बजेबाट पुनः जारी गरेको हो।

सर्वसाधारणकाे हितलाई मध्यनजर गर्दै १६ घण्टा हटाइएको निषेधाज्ञा पुनः लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए। ‘शान्ति सुरक्षालाई ध्यानमा राखेर पुनः निषेधाज्ञा लगाउनु परेको हो,’ उनले भने, ‘बिस्तारै खुकुलो पार्दै लगिनेछ।’ प्रजिअ उप्रेतीका अनुसार हुलदंगा वा प्रदर्शनमा मात्र रोक लगाइएको छ।

प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै धनकुटाबासीले आह्वान गरेको अनिश्चितकालीन बन्दको क्रममा आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबार बिहान साढे ११ बजेदेखि निषेधाज्ञा लगाइएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.