|

सुनसरी : थ्री स्टार क्लब सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा दुर्गापुर स्टील क्लब कोलकत्ता भारतलाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले पुलिसँगको भेट पक्का गरेको हो। 

थ्री स्टारको जीतका लागि खेलको अतिरिक्त समयमा बिष्णु गुरुङले गरेको गोल नै निर्णयक बन्यो। पहिलो हाफमा भने दुबै टिमबाट कुनै गोल हुन सकेन। पाहुना टोली दुर्गापुर स्टील क्लब अन्तिम १ मिनेट सम्हालिन नसक्दा सेमिफाइनलबाटै बाहिरिनु परेको हो। 

खेलको म्यान अफ द म्याच थ्रीस्टारका गोल रक्षक एलेन न्यौपाने घोषित भए। उनले १० हजार रुपैयाँ पाए। थ्री स्टारले उपाधिका लागि शनिबार नेपाल पुलिससँग प्रतिष्पर्धा गर्नेछ। यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा संकटालाइ पराजित गर्दै नेपाल पुलिस फाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँसहित ट्रफी पाउने छ भने उपविजेताले ३ लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ। सर्वोकृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्ने छ भने अन्य व्यक्तिगत बिधातर्फ उत्कृष्ट हुनेले २५ हजार रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजक धरान फूटबल क्लबले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.