|

दिल्ली : शुक्रबारबाट अक्षयकुमार अभिनित फिल्म प्याड प्रदर्शनमा आएको छ। यस फिल्म समाजको रुढीवादी सोच विरुद्धको संघर्ष देखाइएको छ। प्रदर्शनमा आउनु अगावै यो फिल्म चर्चामा थियो। आखिर किन ?

१ सेनेटरी प्याडको मुद्दा 

हिलाहरुको महिनावारीलाई लिएर समाजमा कायम रुढीवादीं सोच विरुद्ध शशक्त आवाज उठाउने याे मुलधारकाे पहिलाे हिन्दी फिल्म हो। कुनै पनि ठूला अभिनेताले यस्तो विषयमा बनेका फिल्ममा लगानी गरेको यो पहिलो पटक हो। फिल्ममा अक्षयकी श्रीतमती ट्वींकल खन्‍नाको लगानी छ। 

२ अक्षकुमार 
यस फिल्मको विषयवस्तु र निर्देशक आर बल्कीसँगै फिल्मे चर्चा पाउनुको प्रमुख कारण अक्षयकुमार हुन्। अक्षयकुमार लामो समयदेखि बलिउडमा छाएका छन्। कुनै समय एक्सन र त्यसपछि कमेडी फिल्ममा छाएका अक्षय पछिल्लो समय भने समाजिक मुद्दामा बनेका फिल्मले चर्चामा छन्। यसअघि उनले ‘ट्वाइलेट एक प्रेमकथा’ नाम फिल्म खेलेका थिए। त्यस फिल्ममा खुला शौच गर्न बाध्य महिलाको पीडा देखाइएको थियो। 

३ वास्तविक कथा 
यो फिल्म वास्तविक जीवनका एक पात्रको कथा हो। जसले आफ्नो सोच र पहलका कारण सुपरहिरोको उपमा पाए। अरुणान्चलम मुरुगनाथमको जीवनीबाट यो फिल्म प्रेरित छ। मुरुगनाथमले महिलाहरुलाई सस्तो पैसामा सेनेटरी प्याड उपलब्ध गराउनका लागि आफ्नै पहलमा प्याड बनाउने मेसिन तयार गरेका थिए। 

४ आम महिलाको सुपरहिरो 
यस फिल्मभन्दा अघि कुनै पनि भारतीय सुपर हिरोको क्रेज थिएन। तर, ‘सुपरहिरो है ये पगला’ नाम ट्यागलाईन अहिले समाजिक सञ्जालमा हिट छ। फिल्म जति गम्भिर छ। प्रस्तुती त्यति नै रोचक देखिएको छ। 

५ मनोरञ्जनसँगै सामाजिक मुद्दा 
यस फिल्ममार्फत मनोरञ्जनसँगै सामजिक सन्देश पनि प्रवाह भएको छ। अक्षयले यसअघि पनि यस्ता थुप्रै फिल्म खेलिसकेका छन्। जसले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.