|

काठमाडौं : काठमाडौँको पुरानो वानेश्वरस्थित ग्लोबल कलेजले हरेक वर्ष आयोजना गर्दै आएको कविता प्रतियोगिता तथा साहित्यिक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दएको छ।

गत शुक्रबार आयोजित कविता प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत १०० भन्दा बढी छात्रछात्राहरूले सहभागिता जनाएका थिए। जम्मा २२ जना उत्कृष्ट कविहरूले अन्तिम चरणका लागि कविता वाचन गर्ने अवसर प्राप्त गरेका थिए।

कविहरू नवराज पराजुली, सुभाषचन्द्र भण्डारी र भावेशकुमार लाभ निर्णायक रहेको उक्त प्रतियोगितामा यी कविले कविता सुनाउनुका साथै युवा गजलकार कमल ‘सङ्घर्ष’ले पनि गजल वाचन गरेका थिए।

कविता प्रतियोगितामा विराज ढुङ्गानाले प्रथम स्थान, विशाल पाण्डेले द्वितीय स्थान, नवीन गिरीले तृतीय स्थान, रेजिना बस्नेत तथा हरि साह तेलीले सान्त्वना स्थान प्राप्त गरेका थिए। प्रतियोगिताका विजयीहरूलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

पुरस्कार वितरणका क्रममा अतिरिक्त क्रियाकलापअन्तर्गत कलेजले आयोजना गरेको चित्रकला प्रतियोगिता, समाचारपत्र निर्माण प्रतियोगिता, सिर्जनात्मक पुस्तक निर्माण प्रतियोगिता र प्रतिवेदन लेखन प्रतियोगिताका विजयी छात्रछात्राहरूलाई समेत नगद, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.