|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–८ बैजनापुरमा रहेको एनसेल टावरमा अज्ञात समूहले मंगलबार आगजनी गरेको छ। टावरमा सोमबार राति १ बजेको समूहमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ। आगजनीबाट टावरको तार जलेर पूर्ण रुपमा नष्ट भएको छ। टावरमा आगजनी गर्नै समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोइरालाले बताए।

जनयुद्ध दिवस पारेर विप्लव माओवादीले सो एनसेलको टावरमा आगजनी गरेको हुन सक्ने जिल्ला अनुमान गरिएको छ। टावरमा आगजनी भएका कारण बिहानैबाट बैजनाथपुर क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको स्थानीय प्रमोद चौधरीले बताए।

यसअघि, गत प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको समयमा पनि अज्ञात समूहले नै चन्द्रपुर नगरपालिका वार्ड नं. २ स्थित रैयाटोलमा रहेको एनसेल टावरमा आगजनी गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.