|

धनकुटा : भोजपुर जिल्लाको भिन्दाभिन्दै २ स्थानमा २ वटा स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ। भोजपुर जिल्लाको अरुण गाउँपालिका ६ मा रहेको भीम पौडेलको क्रसर उद्योगमा रहेको स्काभेटर र भोजपुरकै पौवादुम्वा गाउँपालिका २ हिलेभञ्ज्याङमा रहेको कन्काई कन्ट्रक्सन कम्पनीको अर्को स्काभेटरमा सोमबार राति आगजनी गरेको हो।

मध्यराति पौडेलको क्रसर उद्योगमा र हिलेभञ्ज्याङको कन्काई कन्ट्रक्सन कम्पनीको स्काभेटरमा एकैसाथ भिन्दाभिन्दै समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङका प्रमुख भगवतीप्रसाद चौधरीले जानकारी दिए।

आगजनीबाट २ वटै स्काभेटरको चालक सिट, इन्जिन र डिजेल ट्यांकी पूर्णरूपमा जलेको र पुनः सञ्चालन हुन नसक्ने अवस्था पुगेको स्थानीय मोहन भण्डारीले बताए।

राति आगजनीको घटना भएकोले आफूहरूले थाहा त्रसित बनेको भन्दै उनले भने, ‘सुरक्षा व्यवस्था सहज बनाउन राज्यले ध्यान दिनुपर्ने छ।’

यता प्रहरीले भने आगजानी गर्ने समूहको खोजी भइरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङका प्रमुख चौधरीले भने ‘आगजनी गर्ने समूहलाई चाँडै पक्राउ गरि कारबाहीको दायरामा ल्याउन मातहतका प्रहरी परिचालन गरिसकेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.