'शान्ति सुरक्षा केबल चिया पसल र चोकमा नागरिक चर्चा मात्रै होइन'

|

इलाम : प्रहरी महानिरिक्षक प्रकाश अर्यालले जनताको आस्था नै प्रहरीको मुलधन भएकाले यसलाई अक्षयकोषको रुपमा संरक्षण गर्नुपर्ने बताएका छन्। बिहीबार इलाम प्रहरी कार्यालयको भवन उद्घाटन गर्न पुगेका अर्यालले प्रहरी संगठनमा जनताको आस्था जोगाउन सक्नुनै मूलधन भएको बताएका हुन्।

उनले प्रहरी कर्मचारीले समयसमयमा गर्ने गैर व्यवसायिक क्रियाकलापले संगठनको शाख र जनताको विश्वासमा धक्का लागेकाले यस्ता कर्मचारी र प्रहरीलाई कारवाही गर्नमा कुनै कसुर बाँकी नराखिने बताए। शान्ति सुरक्षालाई सामान्य रुपमा नलिनको लागि समेत आग्रह गरेका छन्।

‘शान्ति सुरक्षा केबल चिया पसल र चोकमा नागरिक चर्चा र सरोकारको बिषय मात्र नभइ नागरिक सहभागिता र संघियताको बिषय पनि बन्नुपर्छ’ अर्यालले भने। उनले ७२ हजारको प्रहरी संगठनमा रहेका नराम्राहरुलाई हेरेर प्रहरी संगठनको मुल्याङकन नगरीदिन अर्यालले आग्रह गरेका छन्।

आर्थिक बर्ष २०७२/७३ देखि पहिलो चरणमा निर्माण कार्य सुरु गरिएको कार्यालय भवन ३ करोड ८७ लाख ९१ हजार ८०९ रुपैयाको  लागतमा सम्पन्न गर्ने गरी सुरु गरिएको हो।  कार्की बन्धु र अमर जेभी बिराटनगरसँग २०७२ फाल्गनु २८ गते सम्झौता गरिएकोमा स्विकृत गुरुयोजनमा हिरासत भवनको साइट परिर्वतना तथा रिटेनिङ वाल थप गर्नुपरेकाले निर्माण सम्पन्न हुँदा ४ करोड ३२ लाख १० हजार ९५७ रुपैया  लागत रहेको प्रहरी नायव उपरिक्षक इश्वर थापाले जानकारी दिए ।

दोस्रो चरणमा व्यारेक र भान्साघरको प्रहरी प्रधान कार्यालय तथा भौतिक परियोजना महाशाखाबाट ४ करोड ५लाख ९० हजार ८३९ रुपैया लागत अनुमान गरिएका बोलपत्र आहवान भइ ठेक्का सम्झौता हुने क्रममा रहेको थापाले जानकारी दिए।

१२ हजार ४७३ वर्ग फिट क्षेत्रफल भएको कार्यालय तथा हिरासतमा २२ वटा कोठा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.