राजनीति

कांग्रेस संसदीय दलको नेता बन्न देउवाकै तयारी
SHARES

फाइल फोटो
फागुन ६, २०७४

    काठमाडौं : शान्ति प्रक्रियामार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान जारी गर्दा सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभामा पराजय व्यहोर्नुको मुख्य जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने आवाज पार्टीभित्र र बाहिरबाट आइरहेको छ।

    पार्टीले दुवै निर्वाचनमा पराजय व्यहोर्नुपरेको सन्दर्भमा समीक्षा गर्न केन्द्रीय कार्यसमितिका सदस्यहरूले माग गरे पनि सभापति देउवा त्यस्तो मागलाई सहजै संबोधन गर्न टसको मस पनि देखिँदैनन्। पराजको कारण नै सत्तामा बसेर देउवाले लिएका निर्णय अलोकप्रिय हुनु हो भनेर आलोचना भइरहेको छ तर सभापति देउवा निर्वाचनको समीक्षा र कमजोरी केलाउन लाग्नुभन्दा आगामी साताभित्रै आह्वान हुने संघीय संसदको अधिवेशनअघि नै संसदीय दलको नेता भएर ‘पावर इन्ज्वाय’को तयारीमा छन्।

    निर्वाचनको मत परिणामलाई असफलताको रूपमा ग्रहण गरी पद त्याग गर्न युवा नेताले निरन्तर दबाब दिए पनि देउवा पुनः संसदीय दलको नेता हुने पक्का छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जम्मा २३ स्थानमा विजय हासिल गरेको कांग्रेसले समानुपातिकमा ४० सिट पाएको छ। प्रत्यक्षतर्फ जितेका २३ मध्ये ९ जना देउवा निकटका छन् तर समानुपातिकतर्फका भने ४० मध्ये २२ जना देउवा समूहकै छन्।

    पार्टीभित्र असन्तुष्ट समूहको नेतृत्व गरिरहेका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि उनको समूहबाट कसले देउवालाई ‘काउण्टर’ दिने भन्ने निश्चित छैन। पार्टीको मर्यादाक्रममा तेस्रो नम्बरमा महामन्त्री डा. शशांक कोइराला रहेका छन् तर पार्टीका पूर्वउपसभापति तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवालाई चुनौती दिने घोषणा गरेका छन्। उनको यो घोषणा आकांक्षा मात्र होला भन्न सकिन्छ। 

    ‘पार्टी सभापतिसमेत रहेकाले शेरबहादुर देउवाले आफैँ दलको नेता बन्न चाहँदा उहाँ नै निर्वाचित हुनेमा कुनै शंका छैन’, देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले थाहखबरसँग भने, ‘पार्टीभित्रको गुटबन्दीको अन्त्य, विवाद समाधान र सबै साथीहरूलाई संयोजन गर्न पनि उहाँ नै दलको नेता हुनुपर्छ भनेर बहुसंख्यक संसद सदस्यको भावना छ।’ उनले पार्टी सभपाति देउवाले संसदीय दलको नेता फलानो उठ्नुपर्छ भनेर प्रस्ताव नगरेसम्म अन्य साथीहरूले उनीसँग प्रतिस्पर्धा नगरे उचित हुने बताए। 

    देउवाको पक्षमा ६३ जना सांसदमध्ये ३१ जना खुलेर समर्थनमा छन्। तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलासँग ३, प्रभावशाली नेता खुमबहादुर खड्कासँग ३ र निर्वाचनको संघारमा मात्र कांग्रेसमा पुनर्आगमन गरेका विजयकुमार गच्छदार १ जना छन्। ४ सांसदहरू कतै पनि खुलेका छैनन्। पौडेल समूहमा भने २२ सांसद खुलेर पक्षमा उत्रने देखिन्छ।

    देउवा आफैँ वा उनले खडा गरेको संसदीय दलको नेताको उम्मेदवारलाई टक्कर दिन पौडेल समूहले खड्का, सिटौला, गच्छदार र हालसम्म कतै नखुलेका सबै सांसदलाई आफ्नो पक्षमा ल्याउनुपर्छ। तर पौडेल समूहमा त्यस्तो सर्वसम्मत उम्मेदवार अहिलेसम्म देखिएको छैन। पार्टी महामन्त्री डा. शशांक कोइराला हालसम्म मौन बसेका छन् तर प्रकाशमान सिंहले भने देउवासँग दलको नेतामा प्रतिस्पर्धा गर्ने इच्छा देखाएका छन्। 

    कुन सांसद कता?

    देउवा निकट सांसदहरू

    1. शेरबहादुर देउवा
    2. बहादुरसिंह लामा
    3. उमेश श्रेष्ठ
    4. जिपछिरिङ लामा
    5. ज्ञानकुमारी छन्त्याल
    6. महेन्द्रकुमारी लिम्बू
    7. बालकृष्ण खाँड
    8. किशोरसिंह राठौर
    9. डा. डिला संग्रौला पन्त
    10. उमा रेग्मी
    11. पद्मनारायण चौधरी
    12. पार्वती डीसी चौधरी
    13. मानबहादुर विश्वकर्मा
    14. मीन विश्वकर्मा
    15. सरवत आरा खानम
    16. सुजाता परियार
    17. लक्ष्मी परियार
    18. विनोदकुमार चौधरी
    19. चित्रलेखा यादव
    20. मीनाक्षी झा
    21. अतहर कमाल मुसलमान
    22. मीना सुब्बा
    23. नागेन्द्रकुमार राय
    24. सूर्यबहादुर केसी
    25. रंगमती शाही
    26. ज्ञानेन्द्रबहादुर कार्की
    27. सीताराम मेहता
    28. प्रदीप गिरी
    29. प्रमोदकुमार यादव
    30. भरतकुमार साह
    31. अभिषेकप्रताप साह

    रामचन्द्र पौडेल समूहका

    1. डा. शशांक कोइराला
    2. सीतादेवी यादव
    3. प्रकाशमान सिंह
    4. सुजाता कोइराला
    5. डा. मीनेन्द्रप्रसाद रिजाल
    6. डा. नारायण खड्का
    7. दिलेन्द्रप्रसाद बडू
    8. तेजुलाल चौधरी
    9. राजन केसी
    10. सञ्जय गौतम
    11. मोहम्मत अफताव आलम
    12. देवीप्रसाद तिमिल्सिना
    13. स्मृतिनारायण चौधरी
    14. कर्मा घले
    15. प्रमिला राई
    16. रामबहादुर विष्ट
    17. मीना पाण्डे
    18. हीरा गुरुङ
    19. नमिताकुमारी चौधरी
    20. विमला नेपाली
    21. प्रकाश रसाइली

    सिटौला समूहका 

    1. गगनकुमार थापा
    2. उमाकान्त चौधरी
    3. भीमसेनदास प्रधान

    खुमबहादुर समूहका

    1. देवेन्द्रराज कँडेल
    2. पुष्पा गौतम भुसाल

    गच्छदार समूह 

    1. विजयकुमार गच्छदार 

    कुनै पनि समूहमा नखुलेका

    1. दिव्यमणि राजभण्डारी
    2. सत्यनारायण शर्मा
    3. डा. अमरेशकुमार सिंह
    4. ई. मोहन आचार्य

लिलाराज खनाल

राजनीति र संसदीय मामिलामा चासो राख्ने पत्रकार खनाल २०७३ भदौदेखि २०७४ सालभर थाहाखबरमा आवद्ध थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]