|

काठमाडौं :  मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको सरकारको निर्णय उल्टाउँदै तीन जनाको नाम राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्‍यो। 

सिफारिस गरलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सो सिफारिसअनुरूप मनोनयन गरिन्। शेरबहादुर देउवा सरकारले माघ २६ गते गरेको निर्णय यत्रो दिनसम्म पनि राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी थिइनन्। 

तर केपी ओली नेतृत्व सरकारले गरेको त्यही सिफारिस अनुमाेदन गर्न राष्ट्रपति भण्डारीले केही घण्टा पनि लगाइनन्।  वरिष्ठ अधिवक्ता शेरबहादुर केसले अघिल्लाे सरकारले गरेकाे सिफारिस नै बाध्यकारी हुने बताउँदै त्यसलाई नमानेर राष्ट्रपति भण्डारीले स‌विधानकाे उल्ल‌ंघन गरेकाे अाराेप लगाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.