|

काठमाडौं : सरकारको नेतृत्व गरेको नेकपा एमाले संविधान संशोधन गर्न सकारात्मक देखिएको छ।

संघीय समाजवादी फोरम नेपालका नेतासँग बुधबार भएको वार्तामा एमाले संविधान संशोधनप्रति सकारात्मक देखिएको हो। त्यसका लागि एमालेले कार्यदल बनाउने भएको छ।

‘संविधान संशोधनप्रति एमाले सकारात्मक देखिएको छ,’ फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘अब व्यवहारमा हेर्न बाँकी छ।’ उनका अनुसार संविधान संशोधनमा एमाले लचक भए धेरै विषयमा सहमति हुँदै जानेछ।

मन्त्रिपरिषद विस्तार तयारी भइरहेका बेला भएको यो वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। फोरमसँग सहमति भए उसलाई उपसभामुख र मन्त्री दिने सहमति भइसकेको स्रोतको दावी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.