|

सुर्खेत : सिम्ता गाउँपालिका–२ काफलकोटमा दुई सातादेखि चोरी तथा लुटपाट गर्नेको समूहका कारण सर्वसाधारण त्रासमा बस्न बाध्य छन्। डाँका समूहले घाँस दाउरा र गोठालो गएको महिलाहरूको गरगहना लुट्नेदेखि जबरजस्ती करणीको प्रयास गरेको  स्थानीय बासिन्दा बताउँछन्। 

डाँकाको समूहले केही दिनयता चार पाँच वटा घरमा पसेर लुट्ने प्रयास गरेको स्थानीय चन्द्रबहादुर खत्रीले बताए। मुकुण्डो लगाएका १०\१२ को समूहमा रहेका उनीहरुको पहिचान हुन सकेको छैन। खत्रीका अनुसार डाँकाको समूहमा एक महिला र एक बालक पनि  छन्।

दिउँसो पनि बाटोमा हिँड्नेलाई सोधपुछ गर्ने बहानामा महिला र बालकको सहयोगमा डाँका समूहले लुटपाट मच्चाउने गरेको छ। डाँका समूहका कारण विद्यालय जाने विद्यार्थीसमेत त्रासमा छन्। डाँकाहरुसँग प्रतिकार गर्ने योजना बनाए पनि सफल हुन स्थानीय युवाहरुको टोलीले बतायो। खत्रीका अनुसार नजिकैको देउली प्रहरी चौकीमा खबर गरे पनि सो समूहलाई नियन्त्रणमा लिनसकेको छैन।

इलाका प्रहरी कार्यालय सिम्ता राकम बादेपिपलका प्रमुख इन्स्पेक्टर दामोदर अधिकारीले चोरी डकैतीको गुनासो आएकाले टोली परिचालन गरिएको बताए। स्थानीयले डाँका समूहले अातंक मच्चाएको दाबी गरे पनि अहिलेसम्म फेला पार्न नसकेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.