|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भान क्याफ्लरबीच शुक्रबार भेटवार्ता भएको छ। 

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री राई र राजदूत क्याफ्लरबीच  प्रदेश १ को सम्भावना र विकास निर्माणका बारेमा छलफल भएको हो। मुख्यमन्त्री भएपछि पहिलो पटक राईले कूटनीतिक नियोगका प्रतिनिधिसँग भेटवार्ता गरेका हुन्। 

भेटवार्तामा राजदूत क्याफ्लरले प्रदेश १ को विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। स्वीस विकास परियोजनामार्फत प्रदेश १ मा पूर्वाधार विकासका लागि विभिन्न कार्यक्रम संचालन गर्ने, प्रदेशका पहाडी क्षेत्रमा झोलुंगे पुल र विभिन्न शहरमा सडक पुल निर्माणमा सहयोग गर्ने साथै स्थानीय सरकारलाई सबल बनाउन विभिन्न सहयोग गर्ने राजदूतले प्रतिबद्धता व्यक्त गरेका थिए। 

ग्रामीण भेगका जनताको जीवनस्तर उकास्ने खालका विभिन्न परियोजना संचालन गर्ने विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.