|

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगरेको कदमलाई असंवैधानिक ठहर गरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ८६ को उपधारा २ 'ख' बमोजिम राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेस नेतृत्वको सरकारले ३ जनाको नाम सिफारिस गरेकामा सो सिफारिस राष्ट्रपतिले कार्यान्यन नगरी संविधनको धारा ६ को उपधारा २ को ठाडो उल्‍लंघन गरेको बताए। देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई सिफारिस गरेको थियो।

केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले निर्वाचन परियोजनको लागि गठन भएको सरकारले संविधानबमोजिम ५६ जना निर्वाचन प्रक्रियाबाट चयन भइसकेको र संविधानको धारा ८६ को उपधारा २ 'ख' बमोजिम ३ जनाको सिफारिस व्यावहारिक र संवैधानिक रूपमा गरेको बताएका थिए। देउवाले त्यसो भनेपछि कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि गरेको सिफारिस कार्यान्यन नगर्ने राष्ट्रपतिको कदमलाई असंवैधाननिक ठहर गर्दै गम्भीर आपत्ति जनाएको थियो।

त्यस्तै, आइतबारको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको नेता र संसदीय दल कार्यसमितिको निर्वाचन गर्न समिति गठन गरेको हो। दुवै निर्वाचनका लागि केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो। उक्त समितिमा नेताद्वय भीष्मराज आङ्देम्बे र नवीन्द्रराज जोशी सदस्य रहेका छन्।

नेपाली कांग्रेसको आइतबारको बैठकले निर्वाचनमा भोगेको परिणामको गम्भीर समीक्षा गर्न अर्को बैठक बोलाउने भएको सभापति देउवाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.