|
प्रतीकात्मक तस्बिर

जुम्ला : नेपाल खाद्य संस्थान जुम्लाले अनुदानमा बिक्री वितरण गर्दै आएको चामल घरेलु मदिरा उत्पादनमा प्रयोग हुने गरेको छ। संस्थानले अनुदानमा बिक्री वितरण गर्दै आएको मोटो चामल स्वादिलो नहुने र घरेलु मदिरा उत्पादनका लागि उपयुक्त हुने उपभोक्ता बताउँछन्। सोही कारण उपभोक्ताहरुले संस्थानबाट अनुदानमा चामल खरिद गरी मदिरा बनाउन प्रयोग गर्ने गरेका छन्।

खाद्य संस्थानबाट भात खानका लागि भन्दै खरिद गरिएको चामल गाउँघरमा भट्टीबाट मदिरा बनाउँदा दोब्बर फाइदा हुने गरेको स्थानीयको अनुभव छ। पातारासीका धनराज बुढा मोटो चामलको घरेलु मदिरा निकै राम्रो हुने भएकाले फाइदा हुने बताए । ‘मोटो चामल कुहाएर मदिरा बनाउँदा स्वादिलो हुनुका साथै फाइदा पनि हुने गरेको छ।’ उनले भने।

बजारमा पाइने चालम भात खान प्रयोग गरिए पनि संस्थानको मोटो चामल मदिरा उत्पादनकै लागि ल्याइएको उनले बताए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.