|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिइएकी छन्। प्रधानन्यायाधीश गोपाल पराजुलीबाट राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि शपथ ग्रहण गरेकी हुन्। बुधबार राष्ट्रपति भवन शीतलनिवासमा भण्डारीले पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्। राष्ट्रपति भण्डारीले ईश्वरको नाममा शपथ खाएकी हुन्। 

शपथलगत्तै राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख कृष्णबहादुर महराले बधाई दिएएका छन्।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु तथा विभिन्न दलका नेताको उपस्थिति रहेको छ। राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निवाचित भएकी हुन्। उनको कार्यकाल पाँच वर्षको हुनेछ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.