|

काठमाडौं : काठमाडौंको बानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रका व्यवसायीहरूलाई धम्क्याउँदै महिनावारी उठाउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे भीमखोरी- २ करमडाँडाका निमा लामा भन्ने राजेन्द्र लामा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

लामाले धाकधम्की देखाई महिनावारी उठाउने र नदिए ज्यान मार्ने धम्की दिने गरेको सूचनाको आधारमा उनलाई माघ २६ गते दरबारमार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पोखरेलले बताए। 

त्यस्तै, काठमाडौं नरेफाँटका भीमप्रताप भण्डारीसँग १५ लाख रुपैयाँ चन्दा माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका- २८ का मनोज शाह र काठमाडौं पेप्सिकोलाका मनोज श्रेष्ठ रहेका छन्। उनहरूलाई महानगरीय प्रहरी वृत्त बानेश्वले आइतबार पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूले भण्डारीलाई १५ लाख रुपैयाँ नदिए छोराछोरीको हत्या गर्ने धम्कीसमेत दिएको प्रहरीको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.