|

बुटवल : अवतरणको क्रममा अगाडिको टायरमा समस्या आएपछि धावनमार्गमा रोकिएको काठमाडौंबाट भैरहवा गौतमबुद्ध विमानस्थलमा आएको यति एयरलाइन्सको ९ एन एजेसी विमान दुर्घटनाबाट जोगिएको छ। 

विमान अवतरणपछि टायर नगुडेपछि विमान धावनमार्गको बीचमै रोकिएको थियो। यसका कारण साँझका उडान तथा अवतरण अवरुद्ध भएका छन्। विमानका सबै यात्रु सकुशल रहेका बताइएको छ। 

*काठमाडौंबाट पौने ५ बजे उडेको उक्त विमानमा २६ यात्रु र चालक दलका सदस्य रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख श्याम ज्ञवालीले जानकारी दिए।

*८:४१ मा थप गरिएको।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.