|

अन्तिम बलमा पाँच रन चाहिएको अवस्थामा क्रिजमा रहेका दिनेश कार्तिकले छक्का प्रहार गरेपछि भारतले जारी बंगलादेश र श्रीलंका समिलित निदास टि-२० ट्राइसिरिजको उपाधि कब्जा गरेको छ। आइतबार राति भएको फाइनलमा अन्तिम दुई ओभरमा जित नजिक रहे पनि बंगलादेश १९ औं ओभरमा २२ रन दिन पुग्दा भारत गुमाइसकेको उपाधि पनि कब्जा गर्न सफल रह्यो। १९ औं ओभरमा २२ तथा अन्तिम ओभरमा १२ रन लिन भारत सफल भएपछि उपाधि जित्न सफल भयो।

निदास ट्रफिको फाइनलमा भिडेका बंगलादेश र भारत विचको खेल निकै रोमाञ्चक बनेको थियो। टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशले सविर रहमानको ७७ न तथा मेहदी हसनको ७ बलमा अविजित १९ रनको विस्फोटक पारीमा १ सय ६६ रन बनाएको थियो। जवाफमा पराजय उन्मुख रहेको भारतलाई दिनेश कार्तिकले विस्फोटक ब्याटिङ गर्दै टिमको जित सुनिश्चित गरे।

भारतलाई जित दिलाउने क्रममा कार्तिकले ८ बलमा २९ रनको विस्फोटक इनिङ खेलेका थिए। आफ्नो पारीमा दिनेशले २ चौका र ३ छक्का प्रहार गरे। जहाँ अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा उनले सौम्य सरकारको बलमा छक्का प्रहार गर्दे भारतलाई महत्वपुर्ण जितसहित उपाधि दिलाए।

यसअघि श्रीलंकालाई पराजित गर्दे बंगलादेशले फाइनलमा भारत विरुद्धको भेट पक्का गरेको थियो। श्रीलंका विरुद्ध निकै विवादीत तथा पेचिलो खेलमा बंगलादेश भाग्यमानी सावित भएको थियो। तर फाइनलमा भारतका दिनेश कार्तिक बंगलादेशका लागि चुनौती बन्दा महत्वपुर्ण उपाधिबाट बंगलादेश बन्चीत बन्यो।

भारतलाई जित दिलाउने क्रममा कप्तान रोहित शर्माले महत्वपुर्ण पारी खेले। शर्माले ४२ बलमा ५६ रनको अर्धसतकीय इनिङ खेले। त्यस्तै केएल राहुलले २४ रन बनाउँदा मनिस पाण्डेले २८ रन बनाए भने विजय संकरले १७ रन जोेडेका थिए। प्लेयर अफ द म्याच दिनेश कार्तिक चुनिदा प्लेयर अफ द सिरिज भने भारतकै वासिंगटन सुन्दर घोषित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.