|

भद्रपुर (झापा) : छिमेकी राष्ट्र भारतमा काम गर्न गएका एक नेपाली युवक भारतमै लुटिएका छन्। 

दोलखा जिल्ला जिरी नगरपालिका– २ स्थित ठूलो पातो निवासी २४ वर्षीय दीपेन्द्र पाख्रिन (तामाङ) लुटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भटट्राईले जानकारी दिए। 

भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला ग्यान्तोकमा भरिया मजदुरका रूपमा कार्यरत पाख्रिनको भारतीय दुई लाख रुपैयाँ रहस्यमय ढंबाट लुटिएको पीडितले प्रहरीमा जानकारी दिएपछि घटना सार्वजनिक भएको हो। 

प्रहरीका अनुसार विगत चार वर्षदेखि ग्यान्तोकमा भरियाको रूपमा काम गर्दै आएका पाख्रिन सोमबार बिहान घर फर्किन भन्दै काकँडभिट्टा नाकाबाट नेपाल आउँदै थिए। 

पानीट्यांकीस्थित भारतीय सीमा सुरक्षा बलको सीमा चेक पोष्टमा सरसामान जाँच गर्ने क्रममा झोलामा ल्याइएको नगद नभेट्टाएपछि उनले आफू लुटिएको थाहा पाएको बताएका थिए। उनले प्रहरीलाई दिएको जानकारीअनुसार ग्यान्तोकको सिसा गोलामा कोठा भाडा लिएर मजदुरी गर्दै आएका थिए। आइतबार राती आफूसँगै काम गर्दै आएका कालेबुङको कालीझोडाका लुङ्गा राई र राम काजीसँगै सुतेका थिए। तर रकम कहाँ लुटिएको हो भन्ने उनलाई थाहा नभएको प्रहरीले बतायो।

रकम लुटिएपछि घर फर्किने रकम नभएपछि प्रहरीहरूबाटै रकम संकलन गरी तीन हजार रुपैयाँ सहयोग जुटाएर उनलाई घर पठाएको प्रहरी नायव उपरीक्षक भटट्राईले जानकारी दिए। यता, लुटिएको घटनाको वास्तविकता बुझ्न भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.