|

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ। सामाजिक सञ्जाल ट्विटरमार्फत प्रचण्डले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसँगको भेटबारे सार्वजनिक गरेका हुन्। 

उनले दुवैबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको र सो कुराकानीलाई भोलि पनि निरन्तरता दिइने उल्लेख गरेका छन्। 

पार्टी एकता समितिले गठन गरेका दुई कार्यदलले बुझाएका पार्टी एकता सम्बन्धी प्रतिवेदनमाथि छलफल केन्द्रित रहेको प्रचण्डले जानकारी दिएका छन्। छलफलमा कुनैपनि ठोस उपलब्धि भने भएको छैन।

एमाले र माओवादी पार्टीको एकताका विषयमा छलफल गर्न शुक्रबार दुई नेताको भेट भएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.